अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा [अपडेट]

काठमाडौँ — पहिरो खसेपछि अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा [अपडेट]

नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जिल्लाको इच्छाकामना गाउँपालिका ६ नाग्दी खोला नजिकै शनिबार अपराह्न साढे ५ बजे सुख्खा पहिरो खसेको थियो ।

पहिरोमा माइक्रोबस र कार पुरिएका थिए । केही यात्रु घाइते भएका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?