१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एमोनिया उत्पादनबारे अध्ययन गर्न विद्युत् प्राधिकरणले केयूलाई दियो ३ करोड

नगेन्द्र अधिकारी

काभ्रे — जलविद्युत्‌को प्रयोग गरी नेपालमा एमोनिया उत्पादनबारे अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौं विश्वविद्यालय (केयू) लाई ३ करोड अनुदान उपलब्ध गराएको छ ।

एमोनिया उत्पादनबारे अध्ययन गर्न विद्युत् प्राधिकरणले केयूलाई दियो ३ करोड

शुक्रबार आयोजित कार्यक्रममा केयूका उपकुलपति भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एमोनिया उत्पादनको सन्दर्भमा केयूले विस्तृत परियोजना प्रतिवदन तयार गर्नेछ । अनुदान रकमबाट दक्ष जनशक्ति तयार गर्नका लागि स्नातकोत्तर र विद्यावारिधि तहका कार्यक्रमहरू सञ्चालन हुनेछन् भने हाइड्रोजन प्रविधिको प्रयोग गरी ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न, हिउँद मौसममा ऊर्जा भण्डारणलगायत विषयमा सहकार्य हुने छ ।

प्राधिकरणले प्रयोग गर्न चाहेको अतिरिक्त विद्युत्‌को सदुपयोग गरी इलेक्ट्रोलाइसिसमार्फत हाइड्रोजन उत्पादन गरी धेरै वस्तुहरूको उत्पादन गर्न सकिन्छ । हाइड्रोजनलाई अमोनिया र युरिया उत्पादन गरी प्रयोग गर्न सकिन्छ । आन्तरिक माग पूरा गर्ने र आयातमाथिको निर्भरता घटाउने उद्देश्यले अमोनिया उत्पादन गर्ने प्लान्ट स्थापना गरी जलविद्युत्‌को अधिकतम उपयोग गर्न सम्झौता भएको हो ।

प्रकाशित : जेष्ठ १३, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?