कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिजुलीको पोलमा ग्यास बुलेट ठोक्किँदा आगलागी‚ मुग्लिन-नारायणगढ सडक अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — मुग्लिन-नारायणगढ सडकखण्डस्थित १५ किलो भन्ने ठाउँमा गुडिरहेको ग्यास बुलेटमा आगलागी हुँदा सडक अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो गुडिरहेको ग्यास बुलेटमा आगलागी भएको वाग्मती प्रदेश प्रहरी ट्राफिक कार्यालय रामनगर चितवनका एसपी सुशील सिंह राठौरले जानकारी दिए । आगलागीका कारण सडकमा ठूलो संख्यामा सवारी साधन बीच सडकमै रोकिएका छन् ।

उडिसाबाट धादिङका लागि हिँडेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटको अगाडिको भागमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भएको छैन । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । यद्यपि साँझसम्म सडक पुन: सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।

बिजुलीको पोलमा ठोक्किएर ग्यास बुलेटमा आगो लागेको एसपी राठौरले जानकारी दिए । आगलागीले गर्दा सवारीसाधनको चाप बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?