कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कार्यकक्ष ‘उपयुक्त नभएको’ भन्दै उपप्रमुखले गरिनन् पदभार ग्रहण

नगेन्द्र अधिकारी

काभ्रे — आफ्नो लागि तयार गरिएको कार्यकक्ष ‘उपयुक्त नभएको’ भन्दै पाँचखाल नगर उपप्रमुख सूर्यमाया दनुवारले पदभार ग्रहण गर्न अस्वीकार गरेकी छन् । बिहीबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा निवर्तमान उपप्रमुखले प्रयोग गरेको भन्दा फरक कार्यकक्ष भएको भन्दै उनले पदभार ग्रहण नै नगरेकी हुन् । 

कार्यकक्ष ‘उपयुक्त नभएको’ भन्दै उपप्रमुखले गरिनन् पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद होमेगाईले उनलाई अघिल्लो कार्यकक्षको शौचालयमा पानी चुहिएको, ढुसी आएकोले अर्को कार्यकक्षको व्यवस्था गरेको जानकारी गराएका थिए । तर उपप्रमुख दनुवारले आफू पुरानै कार्यकक्षमा पदभार ग्रहण गर्ने बताइन् । ‘जनसम्पर्कको हिसाबले अघिल्लो उपप्रमुखले उपयुक्त थियो, त्यसैले पुरानै कार्यकक्ष प्रयोग गर्ने भनेको हुँ,’ उपप्रमुख दनुवारले भनिन्, ‘मर्मतको क्रममा भनिए पनि ढोका खोलेर समेत देखाइएन, सेवाग्राहीको सहज पहुँच र जनसम्पर्क नहुने स्थानमा कार्यकक्ष तयार गरेकोले कार्यभार नसम्हालेको हुँ ।’ उनले पुरानै कार्यकक्ष तयार नहुञ्जेल बाहिरबाटै सेवा प्रदान गर्ने जनाएकी छन् ।

नगरपालिकाको दोस्रो तलामा प्रमुख, उपप्रमुखको कार्यकक्ष र अरु शाखा छन् । अहिले तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष तयार गरिएको छ ।

एमाले पाँचखालले विज्ञप्ति नै जारी गरेर अघिल्लो कार्यकक्षमा सेवाग्राहीलाई सहज हुने भए पनि सहजै जनसम्पर्क हुन नसक्ने कार्यकक्ष खडा गरी उपप्रमुखलाई बस्न नदिने योजनासहित पदभार ग्रहण नगराएको भन्दै खेद प्रकट गरेको छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?