कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोलखाको गौरीशंकरमा एक युवक मृत फेला

केदार सिवाकोटी

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–३ का वडाध्यक्षमा उमेदवार बनेका दिलबहादुर बस्नेतका छोरा मृत अवस्थामा फेला परेकाछन् ।  मंगलबार साँझबाट सम्पर्कविहीन बनेका २४ वर्षीय यानबहादुर बस्नेत बुधबार बिहान घर शंकास्पद रूपमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी झ्याकुको सर्सेपु विद्यालयकोनजिकै काफलको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनी मानेडाँडा माध्यमिक विद्यालयका लेखापालसमेत हुन् ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक सुशील केसीले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?