कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

भरतपुरमा २४ घण्टादेखि विद्युत् अवरुद्ध

चितवन — शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुरको विद्युत सेवा शनिबार साँझसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

भरतपुरमा २४ घण्टादेखि विद्युत् अवरुद्ध

विद्युत् प्राधिकरणको भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध छ । चनौली सबस्टेसनबाट वितरण हुने बिजुलीमा भने समस्या छैन ।

भरतपुर पश्चिममा बिजुली छ तर सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म बिजुली छैन । शनिबार साँझबाट बिजुली सेवा सुरू गर्ने उद्देश्यले दिनभर काम भएको थियो ।

तर विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । शनिबार राति अवेरसम्म संवेदनशील क्षेत्रमा आपूर्ति सुरू गर्ने योजनाका साथ काम जारी राखेको प्राधिकरणले जनाएको छ ।

बिजुली लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । शुक्रबारको हावाहुरीका कारण तीनजनाको ज्यानसमेत गएको छ । कम्तीमा १० जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?