प्रदेश सरकारद्वारा बजेट अधिवेशन आव्हान

दीर्घरोगीहरुलाई उपचार खर्चस्वरुप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि प्रदेश मन्त्रिपरिषद् बैठकबाट पास
सुवास विडारी

(मकवानपुर) — वाग्मती प्रदेश सरकारले बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेका लागि बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा बजेट अधिवेशन आव्हान

मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजेको लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरुलाई उपचार खर्चस्वरुप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि पास गरेको छ ।

सरकारले यसअघि नै हृदयाघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका विरामीहरुलाई उपचारको लागि ५० हजार दिने निर्णय गरेको थियो । कार्यविधि नबन्दा सर्वसाधारण बिरामीले यस सेवा प्राप्त गर्न समस्या भइरहेको थियो ।

बैठकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत् वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?