तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु- वाग्मती - कान्तिपुर समाचार

तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

कृष्ण थापा

नुवाकोट — सूर्यगढी गाउँपालिका–२ का १६ वर्षीय विशाल लामाको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सानीआमाको घर आएका बेला विदुर नगरपालिका–५ स्थित तादी खोलाको नागेघाटमा पौडी खेल्न गएको र पानीबाट निस्कन नसकेपछि अभिभावकलाई बोलाएर बाहिर झिक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिशूली लगिएको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीको देवदहमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदह नगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा एमालले जीत हासिल गरेको छ । प्रमुखमा ध्रुव खरेलले १२ हजार ९ सय ४३ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाए । खत्री यसअघिका नगरप्रमुख हुन् ।

यस्तै, उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले जीत हात पारेकी छन् । उनले १३ हजार ७ सय ८४ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुन्दरी गिरीले ७ हजार २ सय ९० मत ल्याएकी छन् । गुरुङ यसअघिकी उपप्रमुख हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×