कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काभ्रेको खानीखोलामा माओवादी केन्द्रका थिङ र कांग्रेसका जिम्वा विजयी

नगेन्द्र अधिकारी

काभ्रे — खानीखोला गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।

काभ्रेको खानीखोलामा माओवादी केन्द्रका थिङ र कांग्रेसका जिम्वा विजयी

अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाएका थिए । उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २८ मत पाए भने एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरिन् ।

७ वडा रहेको खानीखोलामा माओवादी केन्द्रले ४, कांग्रेसले २ र एमालेले एक वडामा जित हासिल गरेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?