कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुपाल्चोकको चौतारामा माओवादीका सापकोटा र समाजवादीकी थापा निर्वाचित

काठमाडौँ — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयरमा नेकपा एकीकृत समाजवादीका सीता थापा निर्वाचित भएका छन् । यहाँ २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले एकलौटी जितेको थियो । यसपटक भने माओवादी र समाजवादीले चुनावी तालमेल गरेका थिए ।

सिन्धुपाल्चोकको चौतारामा माओवादीका सापकोटा र समाजवादीकी थापा निर्वाचित

मेयरमा निर्वाचित सापकोटाले ११ हजार ७२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ र नेपाली कांग्रेसका केशवराज गिरीले ६ हजार २ सय ४५ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीकी थापाले ९ हजार ७ सय २६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ८७७ मत र नेपाली कांग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५ हजार ७ सय ६० मत पाएकी छिन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?