धादिङको गल्छीमा एमालेका खतिवडा र कांग्रेसका तिवारी निर्वाचित- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको गल्छीमा एमालेका खतिवडा र कांग्रेसका तिवारी निर्वाचित

सरिता श्रेष्ठ

धादिङ — गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । अध्यक्षमा श्रेष्ठले ७ हजार ३ सय ९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७  मत प्राप्त गरे ।

उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेसका तिवारी विजयी ७ हजार ४ सय ९४ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरिन् ।

श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यस पटक भने दुवै जनाले पराजय भोग्नु परेको छ ।

गाउँपालिकामा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा थियो ।

वडा नं १ मा एमालेका यदुकुमार खतिवडा, वडा नं २ मा एमालेका सडानन्द खनाल, वडा नं ३ मा माओवादी केन्द्रका राजन भुजेल, वडा नं ४ मा नेपाली कांग्रेसका राजु अधिकारी विजयी भए ।

त्यस्तै, वडा नं ५ मा माओवादी केन्द्रका सरोज लामा तामाङ, वडा नं ६ मा नेपाली कांग्रेसका दिपक कुमार कार्की, वडा नं ७ मा एमालेका हरिप्रसाद खतिवडा, वडा नं ८ मा नेपाली कांग्रेसका विशाल लुंगेली मगर विजयी भए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

दाङको शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी

दुर्गालाल केसी

दाङ — शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । २०७४ को निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले नै जितेको थियो । अध्यक्षमा प्रमोद बस्नेत १ हजार १ सय ९२ मतान्तरले विजयी भएका छन् ।

उनले ५ हजार ७ सय १६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बिष्णुबहादुर केसीले ४ हजार ५ सय २४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मोहनलाल वलीले २ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । एमालेका केसी २०७४ को निर्वाचनमा पनि कांग्रेसका कमानसिंह डाँगीसँग अध्यक्षमा पराजित भएका थिए ।

उपाध्यक्षमा कांग्रेसकै प्रेमाकुमारी बुढाथोकी १ हजार ७ सय २२ मतान्तरले विजयी भएकी छिन् । उनले ५ हजार ७ सय ५० मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेकी कमला भण्डारीले ४ हजार २८ मत प्राप्त गरेकी छिन् । माओवादी केन्द्रकी राधिका परियारले ३ हजार ८३ मत प्राप्त गरेकी छिन् । परियार २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा पराजित भएकी थिइन् ।

कांग्रेसले तीन, एमालेले दुई, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक वडा जितेका छन् । कांग्रेसले ३, ५ र ७ नं. वडा, एमालेले ४ र ६ नं. वडा तथा माओवादी केन्द्रले १ नं. वडा जितेका छन् । वडा नं. २ मा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार २७ वर्षीय सुनिल वलीले जितेका छन् । शान्तिनगरमा २० हजार ८ सय ६३ मतदाता रहेकोमा १४ हजार ८ सय १ मत खसेको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७९ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×