धादिङको गजुरीमा माओवादीका श्रेष्ठ र कांग्रेसका बिसुराल विजयी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको गजुरीमा माओवादीका श्रेष्ठ र कांग्रेसका बिसुराल विजयी

कान्तिपुर संवाददाता

धादिङ — गजुरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी भएका छन् । श्रेष्ठले ६ हजार ३ सय ८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले चार हजार ५१ मत ल्याए । 

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विसुराल विजयी भइन्। उनले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गरिन् । अध्यक्षमा पराजित बस्नेत २०७४ सालको निर्वाचनमा विजयी भएका थिए भने उपाध्यक्षमा विजयी विसुराल पराजित भएका थिए ।

गजुरी गाउँपालिकाको वडा नं १, ५, ६, ७, ८ को वडा अध्यक्षमा माओवादी केन्द्र र वडा नं २, ३, ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा तारानाथ भण्डारीले ६ सय ९०, वडा नं २ मा द्रोण कडेंलले ६ सय ७१, वडा नं ३ मा ऋषिलाल श्रेष्ठले ४ सय ६९, वडा नं ४ मा सुरेन्द्र प्रजाले ८ सय ८० मत ल्याए ।

त्यस्तै वडा नं ५ मा गोविन्द लामिछानेले एक हजार १३, वडा नं ६ मा भक्तबहादुर तामाङले एक हजार दुई सय ५, वडा नं ७ मा बद्री प्रसाद जमकट्टेलले ७ सय ७१ मत, वडा नं ८ मा देवराज ओझाले ९ सय ४६ मत ल्याए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

अछामको पञ्‍चदेवल विनायक-५मा मतदान सुरू

कान्तिपुर संवाददाता

काठमाडौँ — अछामको पञ्‍चदेवल विनायक नगरपालिका-५ लयाटीमा मतदान भइरहेको छ ।

वैशाख ३० गते स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको थियो ।

कडा सुरक्षा व्यवस्थाका साथ शान्तिपूर्ण मतदान भइरहेको छ ।


प्रकाशित : जेष्ठ ३, २०७९ १४:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×