कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नुवाकोटको सूर्यगढीमा दोहोरिए कांग्रेसका तामाङ र ढकाल

कृष्ण थापा

नुवाकोट — सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर तामाङ र उपाध्यक्षमा मन्जु बुढाथोकी ढकाल पुनः निर्वाचित भएका छन् । अध्यक्षमा तामाङले ३ हजार ७५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले २ हजार ८८९ मत ल्याए ।

नुवाकोटको सूर्यगढीमा दोहोरिए कांग्रेसका तामाङ र ढकाल

त्यसैगरी उपाध्यक्षमा ढकालले ३ हजार २०३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेकी गंगा आचार्यले २ हजार ९३२ मत पाइन् ।

०७४ स्थानीय निर्वाचनमा अध्यक्ष तामाङले ३ हजार २०० मत र उपाध्यक्ष बुढाथोकीले २ हजार ९८८ मत ल्याएका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?