नुवाकोटको तारकेश्वरमा कांग्रेसका अधिकारी र माओवादीका रिमाल विजयी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको तारकेश्वरमा कांग्रेसका अधिकारी र माओवादीका रिमाल विजयी

कृष्ण थापा

नुवाकोट — तारकेश्वर गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिव अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित भएका छन् । अधिकारीले ५ हजार ६ सय ६५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश वस्तीले  ३ हजार ३ सय ४१ मत ल्याए ।

पराजित वस्तीले ०७४ सालको निर्वाचन ३ हजार ६१४ मत ल्याएर अध्यक्ष जितेका थिए । त्यतिबेला वस्तीका तत्कालीन प्रतिद्वन्द्वी नेपाली काग्रेसकै चोकराज शाक्यले २ हजार ६८८ मत पाएर पराजित भए ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट माओवादीका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कोपिला भट्टले ३ हजार ३९३ मत ल्याई पराजित भए । नुवाकोटको १० पालिकामा मतपरिणाम आउन बाँकी छ ।


प्रकाशित : जेष्ठ २, २०७९ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीको घ्याङलेखको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिकामा नेपाली कांग्रेसका जगत भोलन अध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट निर्वाचित भोलनले प्रतिस्पर्धीलाई करिब ८ सय मतान्तरले पराजित गरेका छन् ।

अध्यक्षमा निर्वाचित भोलनले २१०२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका चतुरमान लोले १३८३ मत मात्रै ल्याए । कांग्रसकै बागी गणेशबहादुर पुलामीले ११९४ मत पाए । भोलन यसअघिका अध्यक्षसमेत हुन् । नेपाली कांग्रेसका सिन्धुली पार्टी उपसभापतिसमेत रहेका भोलन साविक अमले गाविस अध्यक्ष र पञ्चायतकालमा प्रधानपञ्चसमेत भएका थिए ।

उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका शंकरमान घलान भारी मतका साथ निर्वाचित भएका छन् । दोब्बर मतअन्तरमा एमालेका प्रमिला वाइवालाइ पराजित गरेका घलानले २९८३ मत प्राप्त गरेका छन् । एमालेकी वाइवाले १५२८ मत प्राप्त गरेकी थिइन् । ५ वडा रहेको घ्याङलेखमा वडा नं. १,२,४ र ५ मा माओवादी केन्द्रको प्यानल र वडा नं. ३ मा एमालेल जित हासिल गरेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ २०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×