१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिन्धुलीका १७ वडाको परिणाम : माओवादी केन्द्र ९, कांग्रेस ५ र एमाले ३ वटामा विजयी

सिन्धुली — सिन्धुलीका ७९ वडामध्ये १७ वडामा मतगणना सकिएको छ । नेकपा माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र नेकपा एमालेले ३ वटा वडामा जितेका छन् । माओवादी केन्द्रले मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नं वडामा जित निकालेको छ ।

मरिण र गोलन्जोर बाहेकका वडाहरुमा माओवादी केन्द्रले गएको स्थानीय निर्वाचनमा विजयी हाँसिल गरेको थिएन । त्यस्तै, कांग्रेसले तीनपाटन गाउँपालिकाको वडा नं २, १० र ११, हरिहरपुरगढी २, र गोलन्जोर २ मा जित हात पारेको छ ।

त्यस्तै, नेकपा एमालेले हालसम्म हरिहरपुरगढीको २, तीनपाटन १ र कमलामाइ नगरपालिकाको ३ नं वडामा विजयी भएको छ । दुई नगरपालिका सहित ९ वटा पालिका रहेको सिन्धुलीका सबै पालिकामा सत्तागठबन्धन अगाडि छ भने एमालेले पछ्याइरहेको छ ।


प्रकाशित : जेष्ठ १, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?