पाँचखाल–१३ मा पुन: मतदान हुने- वाग्मती - कान्तिपुर समाचार

पाँचखाल–१३ मा पुन: मतदान हुने

नगेन्द्र अधिकारी

काभ्रे — पाँचखाल–१३, कोशीदेखामा पुन: निर्वाचन हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यहाँस्थित श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको निर्वाचन अधिकृत जीवनप्रसाद दुलालले जानकारी दिए ।

नयाँ मितिबारे निर्वाचन आयोगले निर्णय गर्ने उनले जानकारी दिए ।

छलफलपछि पनि पुन: सुचारु गर्ने स्थिती नबनेपछि स्थगित गरिएको दुलालले जानकारी दिए ।

२ वटा मतदान केन्द्र रहेको विद्यालमा १७ सय ७८ मतदाता थिए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो ।

मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवाद सुरु भएको थियो ।

प्रकाशित : वैशाख ३०, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिममा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — रुकुम पश्चिममा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले ठक्कर दिँदा वडा नं. ७ का ६२ वर्षीय पर्जे खत्रीको मृत्यु भएको हो ।

नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जनककुमार बाँठामगर मतदान अवलोकन गर्दै गाडी लिएर वडा नं. ७, स्थित नेपाल राष्ट्रिय मावि ढारबाङको मतदान स्थल पुगेका थिए ।

सोही बेला मतदान स्थलमा रहेकाहरुले होहल्ला गर्दा त्यहाँबाट निस्कन खोजेको गाडीले खत्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका खत्रीको जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइते खत्रीलाई जिल्ला अस्पताल पुर्‍याएपनि अस्पतालले मृत घोषणा गरेको हो ।


प्रकाशित : वैशाख ३०, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×