काभ्रेको कोशीदेखा बाहेक अन्य स्थानमा पुन: मतदान हुँदै- वाग्मती - कान्तिपुर समाचार

काभ्रेको कोशीदेखा बाहेक अन्य स्थानमा पुन: मतदान हुँदै

कान्तिपुर संवाददाता

काभ्रे — काभ्रेका विभिन्न स्थानीय तहमा रोकिएको मतदान पुन: सुरु भएको छ ।

पाँचखाल-१३–कोशीदेखास्थित श्रीराम मावि बाहेक काभ्रेका स्थगित भएका सबै ठाउँमा मतदान पुन: सुरु भएको हो ।

प्रकाशित : वैशाख ३०, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

कावासोतीमा–८ मा १ सय ३ वर्षीया वृद्धाले गरिन् मतदान

नारायण शर्मा

पूर्वी नवलपरासी — यहाँकी १ सय ३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर ८ की भागीरथी पराजुलीले ज्ञानोदय मावि केन्द्रबाट शुक्रबार मतदान गरेकी हुन् ।

उनका नातीहरुले ह्विलचियरमा राखेर भोट खसाल्न मतदान केन्द्रमा ल्याएका थिए । पूर्वी नवलपरासीमा सबैभन्दा बढी उमेरमा मतदान गर्ने पनि पराजुली हुन् ।

२०१५ सालको आम निर्वाचनदेखि उनले मत हालेकी थिइन् । त्यतिबेला गुल्मीको पुर्तिघाटबाट मतदान गरेको उनका नातीले जानकारी दिए ।


प्रकाशित : वैशाख ३०, २०७९ १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×