दोलखामा दर्जनभन्दा बढी मतदानस्थल तनावग्रस्त


दोलखा — जिल्लाका दर्जन भन्दा बढी मतदान स्थलहरुमा झडप भएका छन् दुई जना घाइते भएका छन् । बैत्यश्वर गाउँपालिकाको गैरीमुदी–१ र २ का मतदानस्थलमा शुक्रबार बिहानैबाट मतदातालाई लक्षित गरेर ढुंगामुढा गरेपछि तनावग्रस्त बनेको हो ।



शुक्रबार मध्याह्नसम्ममा रोकीएका केहीबेरअघिबाट पुन: सुरु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न मतदातामा माथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । मतदातालाई मतदानस्थलमा जान अवरोध गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको थियो । यस्तै बैत्यश्वरकै वडा नं–२ को पुतलीकाठ मतदानस्थल पनि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
उक्त मतदान केन्द्रमा प्रहरी स्थिति नियन्त्रण लिन केही राउन्ड हवाइ फायर गरेको छ । यसैगरी बैत्यश्वरकै– ३ नं वडा मिर्गेमा पनि अवस्था तनावपूर्ण बनेको दोलखाका प्रहरी प्रमुख गंगाप्रसाद पौडेलले बताए । काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा थप सुरक्षाकर्मी परिचालन गरे मतदान पुन: सुरु भएको छ ।
उक्त मतदान केन्द्रमा कांग्रेस माओवादीका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै तामाकोशी गाउँपालिका–४ माल मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
गठबन्धनका कार्यकर्ताले एमालेका एजेन्ट बसेकाहरुलाई समेत आक्रमण गरेपछि स्थगित भएका मतदान पुन: सुरु भएको छ । यस्तो मेलुङ गाउँपालिकाको ४ भेडपुमा कांग्रेस र एमालेका कायकर्ताबीच झडप भएको छ । उक्त मतदान केन्द्रको मतदान रोकिएको छ ।
प्रकाशित : वैशाख ३०, २०७९ १३:४७