२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मेलम्ची र यांग्रीमा मतदान पुन: सुरु

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको मेलम्ची नगरपालिका वडा ४ ज्यामिरे र पाँचपोखरी थाङपाल गाउँपालिका–२ यांग्री मतदान केन्द्रमा मतपत्रको विवाद कारण रोकिएको मतदान पुन: सुरु गरिएको छ ।

मेलम्ची र यांग्रीमा मतदान पुन: सुरु

जिल्ला निर्वाचन कार्यालयका विकास विकास रिजालका अनुसार मेलम्ची नगरको ज्यामिरे स्वाथ्यचौकीको बुथमा विभिन्न दलका कार्यकर्ताबीच ठेलामठेल समेत भएको थियो ।

अशक्त र अपांग मतदातालाई आफन्तले नभइ दलका प्रतिनिधिले मतदान गर्न सघाएपछि एकाएक ज्यामिरेमा विवाद सुरु भएको थियो, दलबीच हात हालाहालको अवस्था बनेपछि मतदाता त्रसित भएका थिए ।

ज्यामिरेमा झडपको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेर्स्याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

त्यसैगरी पाँचपोखरी थाङपाल गापाको यांग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि झगडाले पूरै तनावग्रस्त बनाएको थियो । सो मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मीले चर्को झडप हुन रोकेपछि आहिले त्यहाँ अवस्था सामान्य बनेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

‘बाह्रबिसे नगरको १ मा झडपले मतदान रोकिएको छ, भने अन्यमाझैं मेलम्ची र यांग्रीमा अवस्था सामान्य भएकाले मतदान सुरु गरिएको छ, ’ उनले भने ।

प्रकाशित : वैशाख ३०, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?