रामेछापका ३ वटा मतदान केन्द्रमा मतदान रोकियो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । राकाथुम, मानपुर र गेलुको सिक्राल मतदान केन्द्रमा मतदाताबीच झैझगडा भएकाले मतदान स्थगित भएको हो ।

रामेछापका ३ वटा मतदान केन्द्रमा मतदान रोकियो

प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले खाँडादेवी १ राकाथुमको मतदान केन्द्रमा र गेलु मतदान केन्द्रमा प्रहरीबाट हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिइएको छ । अवस्थालाई सहज बनाई मतदान कार्य पुन: सुचारु गर्ने तयारीमा रहेको पहाडीले बताए ।

त्यसैगरी सुनापति २ को मानपुर मतदान केन्द्रमा दुई पक्षबीच झडपको अवस्था सिर्ज ना भएकोले मतदान कार्य केही समयदेखि रोकिएको छ । रामेछाप नगरपालिकाको कोलञ्जोर मतदान केन्द्र बाहिर झैझगडा भएको भए पनि मतदान कार्य सुचारु नै रहेको पहाडीले बताए ।

कोलञ्जोरको अवस्था नियन्त्रणमा आइसकेको छ । जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।



प्रकाशित : वैशाख ३०, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?