भक्तपुरमा पुरानै आकांक्षी बढी

स्थानीय तहमा पर्याप्त स्रोतसाधन परिचालन गर्न तथा शक्तिको अभ्यास गर्न सकिने भएकाले अधिकांश जनप्रतिनिधि कार्यकाल दोहोर्‍याउने दाउमा छन् । यसअघि पटक–पटक निर्वाचित र राजनीतिक नियुक्तिको स्वाद चाखेकाहरु नै आसन्न निर्वाचनका आकांक्षी देखिएका छन् । 
लिला श्रेष्ठ

भक्तपुर — स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा भक्तपुरका अधिकांश पालिकामा पुरानै जनप्रतिनिधि टिकट लिने कसरतमा जुटेका छन् । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ पुनः मेयर बन्ने दाउमा छन् ।

भक्तपुरमा पुरानै आकांक्षी बढी

गएको चुनावमा नेकपा एमालेबाट निर्वाचित मदनसुन्दर श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अष्टकुमार कवे पुनः प्रतिस्पर्धा गर्न टिकट खोजिरहेका छन् ।

सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित नगर प्रमुख वासुदेव थापा र उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णुराज कार्की पनि पुनः टिकट लिने कसरतमा लागेका छन् । स्थानीय तहमा पर्याप्त स्रोतसाधन परिचालन गर्न पाइने र शक्तिको अभ्यास गर्न सकिने भएकाले अधिकांश जनप्रतिनिधि दोहोरिन इच्छुक छन् । यसअघिका निर्वाचनमा पटक–पटक निर्वाचित भएका, राजनीतिक नियुक्तिको स्वाद चाखेकाहरू नै आसन्न निर्वाचनका आकांक्षी देखिएका छन् ।

नयाँ पुस्ताका कार्यकर्ताले भने पुरानै जनप्रतिनिधि र प्रतिस्पर्धी आकांक्षीका विषयमा असन्तुष्ट व्यक्त गरेका छन् । ‘पटक–पटक निर्वाचित, राजनीतिक नियुक्ति लिएकाहरूले दाबी गर्दा नयाँ पुस्तामा राजनीतिप्रति नै वितृष्णा पैदा भइरहेको छ, नयाँलाई अवसर दिनुपर्छ,’ एमाले चाँगुनारायण नगर उपाध्यक्ष जयराम बाँस्तोलाले भने ।

नेकपा एमालेका तर्फबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षी जिल्ला अध्यक्ष बचन देउजा, मदनसुन्दर श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, तारामान जोशी, चन्दनकृष्ण श्रेष्ठ, राष्ट्रशमशेर थापा, सूर्यलाल श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ देखिएका छन् । उपप्रमुखमा एमालेबाट सुचित्रा श्रेष्ठ, उत्तरा नेपाल र बिन्दु प्रजापतिको नाम जिल्ला कमिटीमा पठाएको एमाले जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

कांग्रेस जिल्ला सचिव सुशील बस्नेतका अनुसार कांग्रेसका तर्फबाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीमा अष्टकुमार कवे, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, गणेश चक्रधर, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई र रामकाजी चक्रधर गरी ९ जना छन् । कांग्रेसबाट अञ्जनादेवी मधिकर्मी, उर्मिला वन, कमला कर्माचार्य, प्रमिला सुवेदी आचार्य, लक्ष्मीशोभा प्रजापति उपप्रमुखका आकांक्षी हुन् । मधिकर्मी हालकी उपप्रमुख हुन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट मध्यपुर थिमि नगर प्रमुखका आकांक्षीमा भवानी खड्का, दुर्गामोहन श्रेष्ठ, पुण्यरत्न रञ्जित, प्रेमानन्दलाल श्रेष्ठ छन् भने, उपप्रमुखमा रीतु चित्रकार र नवीनप्रकाश श्रेष्ठ छन् ।

एमालेबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षी वासुदेव थापा, राजेन्द्र राजथला, किरण थापा, राजकुमार सिलवाल, सन्तोष ढुंगेल र गोविन्द चौलागाईं छन् । उपप्रमुखका आकांक्षीमा बहालवाला उपप्रमुख जुना बस्नेत, तारा सापकोटा, अम्बिका भण्डारी बस्नेत, सरिता तिमल्सिना, तारा खड्का बस्नेत, ममता राउत, लक्ष्मी कार्की अधिकारी, वीणा बस्नेत छन् ।

कांग्रेसबाट सूर्यविनायक नगर प्रमुखका आकांक्षीमा निशान ढुङ्गेल, विष्णुराज कार्की, सुशील बस्नेत, नारायणभक्त खायमली, उद्धव सिलवाल, राजनकाजी त्वाती, प्रेमबहादुर खड्का, रवि राणा, भेषबहादुर कार्की र राजन बके छन् । ललिता धिताल पोखरेल, रीता खत्री, संगीता थापा, सुनीता खत्री, कान्छीमाया श्रेष्ठ, पुनम केसी, मीनाकुमारी ढकालले उपप्रमुखमा दाबी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट सूर्यविनायक नगर प्रमुखका आकांक्षी श्यामसुन्दर बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा छन् भने उपप्रमुखका आकांक्षी शोभा श्रेष्ठ र दिलीप केसी छन् ।

एमालेबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा रमेश बुढाथोकी, नीरञ्जन बजगाईं, दमोदर दंगाल, रामबहादुर श्रेष्ठ, नवराज गेलाल, गीताप्रसाद नेपाल, बिना बाँस्तोला, मोहनवीर श्रेष्ठ, शम्भुप्रसाद दाहाल र प्रेमकुमार श्रेष्ठ छन् । नारायणी फुयाल दंगाल, शारदा थापा मगर, सावित्री थापा, परासर सापकोटा, शिवराम तिमल्सिना, मन्दरा मिश्रले उपप्रमुखमा दाबी गरेका छन् ।

कांग्रेसबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षीमा शिवहरि केसी, सुरेश श्रेष्ठ, जीवन खत्री, प्रवीण वन, यादवप्रसाद अधिकारी, सरु बानियाँ, जयन्द्र खड्का, अच्युत अधिकारी, पुष्कर खत्री छन् । सुभद्रा काफ्ले, राजेश खड्का, संगीता फुयाल आचार्य, सचिला खड्का, रविता कार्की, रूपा थापा, संगीता दुलाल नेपाल, सावित्री लामिछाने उपप्रमुखको उम्मेदवार बन्ने दाउमा छन् ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट चाँगुनारायण नगर प्रमुखका आकांक्षी रामप्रसाद न्यौपाने छन् भने, उपप्रमुखमा शान्ति खड्का र अञ्जना पोखरेल रहेको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले बताए । हाललाई प्यानलगत रूपमा आकांक्षीको नामावली संकलन भए पनि गठबन्धनका विषयमा छलफल भइरहेको उनले बताए । ‘केही केही सिटमा मात्र क्षेत्राधिकार मिलेको छैन, गठबन्धनको विषय सकारात्मक रुपमा अघि बढेको छ,’ उनले भने ।

नेकपा माओवादी केन्द्रबाट चाँगुनारायण नगर प्रमुखमा रामशरण दाहाल, रामलाल न्हेम्हाफुकी, नरेश खड्का, राजेन्द्र आगन्जा र हरिकृष्ण रावतले दाबी गरेका छन् भने उपप्रमुखमा चण्डिका लामिछाने र शान्ति केसी छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक सुनील बासुका अनुसार सूर्यविनायक नगर प्रमुखका आकांक्षी कल्पदीप राई, सनिस लागेजु, रामजी भण्डारी, नारायणप्रसाद राजथला छन् । सूर्यविनायक नगर उपप्रमुख, मध्यपुर थिमि र भक्तपुर नगर प्रमुख/उपप्रमुखका विषयमा छलफल भइरहेको उनले बताए । गठबन्धनका विषयमा छलफल भइरहेकोसमेत उनले बताए ।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बलियो राजनीतिक शक्ति मानिन्छ । भक्तपुर नगरको मतका कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक सिट हासिल गरेको छ । अघिल्लो निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए । भक्तपुर नगरमा अन्य पार्टीको आकर्षणसमेत कम छ । जिल्लाका अन्य ३ नगरमा जस्तो नगर प्रमुख/उपप्रमुखका आकांक्षीसमेत नेमकिपाबाहेकका दलका कम छन् ।

एमालेबाट नगर प्रमुखका आकांक्षी अघिल्लो निर्वाचनमा पराजित विष्णुप्रसाद सुवाल, रवीन्द्र लाछिमस्यू, नारायणसुन्दर सिन्तकल, विश्वराज शिल्पकार र रोशन वज्राचार्य छन् भने उपप्रमुखमा रञ्जना खर्बुजा छिन् । कांग्रेसबाट नगर प्रमुखमा अघिल्लो निर्वाचनमा पराजित राम कासुला र नारायणप्रसाद तमखु छन् ।

नेकपा (एकीकृत समाजवादी) का ओमचरण अमात्य र रीता अवालले भक्तपुर नगर प्रमुख र प्रवीण बाटीले उपप्रमुखमा दाबी गरेका छन् ।

नेमकिपाले भने आसन्न चुनावमा जिल्लाका कुनै पनि नगरमा आकांक्षीको नाम सार्वजनिक गरेको छैन ।

राजनीतिक दलहरूले आ–आफ्नो पार्टीका आकांक्षीहरूको नामावली संकलन गरे पनि उम्मेदवारको नाम टुंग्याउन भने सकेको छैन । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू आ–आफ्नो आकांक्षीहरूको नाम लिएर गठबन्धन विषयमा छलफल गरिरहेका छन् । ‘वडास्तरबाटै गठबन्धनको विषयमा छलफल भइरहेको छ,’ कांग्रेस जिल्ला सचिव सुशील बस्नेतले भने । गठबन्धनको विषय २०७४ को निर्वाचनको नतिजाका आधारमा तय हुनेसमेत दलहरूले जनाएका छन् । उम्मेदवार चयनमा ढिलाइ हुँदा जिल्लामा निर्वाचन गतिविधि पनि सुस्त छ । आकांक्षीहरू टिकट पाउन दलका नेता रिझाउन व्यस्त छन् । उम्मेदवार टुंगो लागेपछि मात्र निर्वाचन गतिविधि तीव्र हुने स्थानीय नेताहरूको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?