कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खाल्डोमा डुबेर बालकको मृत्यु, ठेकेदारलाई कारबाहीको माग गर्दै बीपी राजमार्ग अवरुद्ध

बालकको शव उठेन
राजकुमार कार्की

सिन्धुली — ठेकेदारको लापरबाहीले पुल निर्माणका बेला खनेको खाल्डोमा डुबेर बालकको ज्यान गएको भन्दै स्थानीयले ठेकेदारलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।

खाल्डोमा डुबेर बालकको मृत्यु, ठेकेदारलाई कारबाहीको माग गर्दै बीपी राजमार्ग अवरुद्ध

सिन्धुलीको कमलामाई नगरपालिका–४ अन्तर्गत ढुंग्रेवासचोक र २ नम्बर गेटमा बालकका आफन्त र स्थानीयले सडकमा टायर बाल्नुका साथै ढुंगाको अवरोध राखेर यातायात बन्द गरेका छन् । यातायात बन्दका कारण लामो तथा छोटो दुरीका साधन चलेका छैनन् ।

धुराबजार–ढुंग्रेवास जोड्ने ग्वाङखोलामा भर्खरै निर्माण सुरु भएको पुलको जग राख्न खनेको खाल्डोमा जमेको दहमा पौडी खेल्दा शनिबार १२ वर्षीय सिरास भुजेलको डुबेर मृत्यु भएको थियो ।

ढुंग्रेसवास पुछारमा राखिएको बालकको शव पीडित पक्षले उठाएका छैनन् । मृतक भुजेलका काका नृप भुजेलले घटनास्थलमै ठेकेदार ल्याएर कारबाहीको ग्यारेन्टी र पीडितलाई न्यायको सुनिश्चितता नगरेसम्म शव नबुझ्ने र सडक नखुल्ने बताएका छन् । निर्माणस्थलमा तारजाली नलाएका कारण हदैसम्मको लापरबाहीले गर्दा बालकको डुबेर मृत्यु भएको भन्दै उनीहरुले कडा कारबाहीको माग गरेका छन् ।

निर्माणको जिम्मा लिएको सारस विल्डर्सका प्रमुख रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पीडित पक्षसँग वार्ता गरी शव जिम्मा लगाउने अवरुद्ध सडक खुलाउने पहल भइरहेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

प्रकाशित : वैशाख ४, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?