कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खाल्डोमा डुबेर बालकको मृत्यु

सिन्धुली — पक्की पुल निर्माणका लागि सिन्धुलीको कमलामाई–४ ग्वाङखोलामा खनेको खाल्डोमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।

ढुंग्रेबास पुछारबाट–धुराबजार जोड्ने पुल निर्माण स्थलको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर कमलामाई–५ का १२ वर्षीय सिरास भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक फिक्कल–१ घर भई सदरमुकाम सिन्धुलीमाडीको जनता आवासीय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत रहेका थिए । साथीको हल्लीखल्लीेपछि स्थानीयले शव निकालेका थिए ।

निर्माणस्थलमा बारबेर नलाएका कारण बालकको ज्यान गएको भन्दै परिवारजनले शव बुझेका छैनन् । यसअघि पनि सोही खाल्डोमा डुबेका एक बालकको स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित : वैशाख ४, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?