२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

देश संकटमा गुज्रिएकाले सबै एकजुट हुनुपर्छः पूर्वराष्ट्रपति यादव

कृष्ण थापा

नुवाकोट — पूर्वराष्ट्रपति डा रामवरण यादवले देश संकटमा गुज्रिरहेकाले सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । यद्यपि संकटको अवस्थाबारे उनले विस्तृतमा खुलाएनन् ।

देश संकटमा गुज्रिएकाले सबै एकजुट हुनुपर्छः पूर्वराष्ट्रपति यादव

शनिबार शिवपुरी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले देश चुनावतर्फ गएको र राष्ट्रहितका लागि एकजुट भई अगाडि बढ्न सबै दललाई आग्रह गरेका छन् ।

नवनिर्मित पालिका भवन कोरोना महामारीका कारण दुई पटकसम्म उद्घाटन स्थगित भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, रामशरण महत, अर्जुननरसिंह केसी, जगदिश्वरनरसिंह केसी लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रवक्ता प्रकाशशरण महतले एमसीसी राष्ट्रघात नभएको र राष्ट्रहितमा रहेकाले अरुले जे भने पनि नपत्याउन स्थानीयवासीलाई आग्रह गरेका थिए ।

प्रकाशित : चैत्र १२, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?