१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिन्धुली कांग्रेस सभापतिमा पोखरेल निर्वाचित

राजकुमार कार्की

सिन्धुली — स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका उपेन्द्र पोखरेल संस्थापन र शेखर कोइराला समूहका दुवै उमेद्वारलाई पछि पार्दै नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा निर्वाचित भएका छन् ।

सिन्धुली कांग्रेस सभापतिमा पोखरेल निर्वाचित

पहिलो चरणमा कुनै पनि उमेद्वारको ५१ प्रतिशत मत प्राप्त नभएपछि दोस्रो चरणमा सोमबार भएको निर्वाचनमा ८८५ मत प्राप्त गरी पोखरेल विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वीमा शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बरालले ४७७ मत प्राप्त गरे । कुल मतदाता एक हजार ५२३ जना प्रतिनिधि रहेकोमा सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा एक हजार ३७१ मत खसेको थियो ।

सभापतिमा पाँच जना उम्मेदवार रहेका थिए । संस्थापन पक्षका तेस्रो मत प्राप्त गर्ने प्रेमचन्द्र दाहालको समर्थन पोखरेललाई थियो । निर्वाचन कार्यालयका अरुणकुमार थिङका अनुसार सभापति बाहेक ४२ पदका लागि ८५ जनाले उमेद्वारी दिएर निर्वाचनमा भाग लिएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?