बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका-१३ पटिहानी बेलसार वनमा घाँस काट्न गएकी ६० वर्षीया चिजा सार्कीलाई बाघले दिउँसो साढे १ बजे तिर आक्रमण गरेको थियो ।

सार्कीको घटनास्थलमै ज्यान गएको डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

चिजासँगै सोही ठाउँका सीता दराई र हेमराज सापकोटा पनि घाँस काट्न गएका थिए । उनीहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । पटिहानीको बेलसार वनमा यसअघि पनि बाघले पटक-पटक आक्रमण गर्दा स्थानीयको ज्यान गएको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?