१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तोडफोड भएको पसलको प्रहरीद्वारा अनुगमन

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा प्रहरीले अनुगमन गरेको छ ।आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीलाई बचाउने क्रममा बानेश्वरस्थित बुद्धनगरमा रहेको जानकी श्रेष्ठको पसलमा क्षती पुगेपछि प्रहरीले उक्त पसलको अनुगमन गरेको हो ।

मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी पसलको अनुगमनका लागि त्यहाँ पुगेका थिए ।

अनुगमनका लागि पुगेका उनीहरूले पसलमा भएको क्षतीको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृहमन्त्रालयलाई आग्रह गर्नेसमेत आश्वासन दिएका छन् ।

प्रदर्शनकारीहरूले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो ।

यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोलीले पनि श्रेष्ठको पसलमा पुगेर क्षतीको विवरण लिएको थियो ।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?