भरुवा बन्दुक पड्किएर सिकारीको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिकार खेल्न जंगलमा गएका एक युवकको भरुवा बन्दुक पड्किएर सोमबार मृत्यु भएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–९ बोकेलप्सीका २२ वर्षीय दिलबहादुर क्याप्छाकीको सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर लाग्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको जंगलमा भरुवा बन्दुक लिएर सिकार खेल्न गएका क्याप्छाकीको आफ्नै बन्दुक प्रहारबाट मृत्यु भएको हो वा अरुले प्रहार गर्दा मृत्यु भएको भन्नेबारे यकिन नभइसकेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले बताए ।

यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । कालिज, मृग, घोरल, बँदेल, दुम्सी लगायत जंगली जनावरको सिकारमा भरुवा बन्दुकको प्रयोग बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

प्रकाशित : फाल्गुन ९, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?