२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठ तस्करीको आरोपमा ९ जना पक्राउ

सुवास विडारी

मकवानपुर — काठ तस्करी गरेको आरोपमा पर्सा राष्ट्रिय निकुञ्जले ९ जनालाई नियन्त्रणमा लिएको छ । आरक्षले मनहरी गाउँपालिका–४, मसिनेमा रहेको मसिने–शान्तिमध्यवर्ती सामुदायिक वनका तीजना पदाधिकारीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

समुदायिक वनका सचिव शिवप्रसाद विडारी, कोषाध्यक्ष शिशुपाल बस्नेत र सहसचिव बासु पौडेललाई पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालय बाराले ८ दिनदेखि हिरासतमा राखेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार काठ तस्करमा संलग्न रहेको आरोपमा चारजना उपभोक्तालाई पनि पक्राउ गरिएको छ । उपभोक्तालाई ११ दिनदेखि थुनामा राखिएको छ । काठ किनबेचको आरोपमा पक्राउ परेका अन्य दुईजनाको नाम भने खुलिसकेको छैन । उनीहरूलाई ४ दिनअघि निकुञ्जको बारा कार्यालय हाजिर हुन पत्र काटिएको थियो ।

हाजिर हुन कार्यालय पुगेको समयमा उनीहरूलाई पक्राउ गरी अनुसन्धानका लागि भन्दै थुनामा राखिएको हो । लामो समयदेखि हाँडीखोला क्षेत्रमा निकुञ्ज र स्थानीयबीच द्वन्द्व चलिरहेको छ ।

विशेषगरी काठ र ढुङ्गा-गिट्टी उत्खननको विषयमा दुई पक्षबीच विवाद हुने गरेको छ । बेलाबेलामा दुई पक्षबीच झडपसमेत हुने गरेको छ । स्थानीयले पदमपोखरी र हाँडीखोला क्षेत्रलाई निकुञ्जबाट हटाउन संघर्ष समिति नै गठन गरेर लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?