कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

कान्तिपुर संवाददाता

नुवाकोट — गाउँको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि दुप्चेश्वरकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

दुप्चेश्वर गाउँपालिका ३ की रिता तामाङलाई हेलिकोप्टरबाट मंगलबार उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष ध्रुवकर केसीले बताए । उनी सात महिनाकी गर्भवती थिइन् ।

गाउँमा उपचार गर्दा ज्यान जान सक्ने देखिएकोले हेलिकोप्टरबाट उपचारका लागि राजधानी पठाउनु परेको रावतबेंसी स्वास्थ्य चौकी ईन्चार्ज मछिन्द्र केसीले बताए ।

प्रकाशित : फाल्गुन ३, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?