२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पञ्चकन्या गाउँपालिका वडा कार्यालयका तीन कर्मचारीमाथि ५३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ — नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालयकी सचिव सरिता राउतसहित ३ जना कर्मचारीहरूमाथि भ्रष्टाचार आरोपमा ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगोसहितको मुद्दा दायर भएको छ ।

पञ्चकन्या गाउँपालिका वडा कार्यालयका तीन कर्मचारीमाथि ५३ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

वृद्धभत्ता र विभिन्न शीर्षकबाट संकलन भएको ५३ लाख १ हजार ८५६ रुपैयाँ रकम वडा कार्यालयबाट गायब प्रकरणमा उनीहरूले बदनियतपूर्ण ढंगमा हानी नोक्सानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।

वडा कार्यालयबाट गत वर्ष चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएपछि उनीहरूमाथि अख्तियारमा उजुरी परेको थियो ।

प्रकाशित : माघ १४, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?