कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रामेछापमा सरकारविरुद्ध राँके जुलुस

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

रामेछापमा सरकारविरुद्ध राँके जुलुस

महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले बिहीबार साँझ मन्थलीमा राँके जुलुस निकालेका हुन् ।

जुलुस बजार परिक्रमा गरी स्थानीय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग समेत गरेका थिए ।

प्रकाशित : माघ १३, २०७८ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?