कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्मचारीलाई कोरोना भएपछि दोलखा प्रशासनमा सेवा बन्द

केदार शिवाकोटी

दोलखा — कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले अत्यावश्यक बाहेकका  सेवा बन्द गरेको छ । 

कर्मचारीलाई कोरोना भएपछि दोलखा प्रशासनमा सेवा बन्द

जिल्ला प्रशासनका कार्यालय दोलखाले मंगलबार जारी गरेको सूचनामा कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण र अन्यमा मिल्दोजुल्दा लक्षण देखिएपछि सेवा बन्द गरेको जनाएको छ ।

प्रशासनले सेवा दिँदै आएको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बुधबारबाट ५ दिन आइतबारसम्म वितरण स्थगित गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत औलखबहादुर आलेद्वारा जारी सूचनामा नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण तत्कालका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढेपछि संक्रमणको जोखिम बढेको भन्दै आलोपालो नियम लागू भएको थियो ।

प्रकाशित : माघ ११, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?