दुधौलीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका ४ खनियामा ट्रकको ठक्करबाट सोमबार ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

दुधौलीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

दुधौली नगरपालिका ४ खनियास्थित मामाको घरमा बस्दैआएकी प्रेम आले मगरकी छोरी प्रेनिषाको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजमार्गमा खेलिरहेकी बालिकालाई सिमेन्ट बोकेर भिमानबाट कटारीतर्फ आउँदै गरेको बा ०३–००१ ख ०२८४ नम्बरको ट्रकले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

दुर्घटनापछि ट्रक चालक मकवानपुर थाहा नगरपालिका ४ का ३२ वर्षीय रामेश्वर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?