कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निसास्सिएर ३ महिने शिशुको मृत्यु

भक्तपुर — सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित एक घरमा निसास्सिएर तीनमहिने शिशुको मृत्यु भएको छ ।

स्थानीय भावना थापाको जस्ताले छाएको घरमा दुई वर्षदेखि डेरा गरी बस्दैआएका रामेछाप ३० वर्षीय अभिषेक रम्तेल र २८ वर्षीया पसुना तामाङको ३ महिने छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार साँझ खाना खाएर मकलमा कोइला तापेर सुतेका उनीहरू आइतबार बिहान अबेरसम्म नउठेपछि स्थानीयबासिन्दा र प्रहरीले झ्याल खोलेर हेर्दा अचेत अवस्थामा फेला पारेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

अचेत अवस्थाका उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको र उपचारकै क्रममा शिशुको मृत्यु भएको उनले बताए । शिशुका अभिभावक दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित : माघ ९, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?