१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिन्धुलीमा अटो दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

सिन्धुली — सिन्धुलीको कमलामाइ नगरपालिका १ को डाँडीगुराँसे बलौटामा आइतबार अटो दुर्घटना एकको मृत्यु भएको छ । 

सदरमुकामबाट मरिण गाउँपालिकातर्फ जाँदै गरेको मधेस प्रदेश २–००२–००१ ह १८२७ नं अटो अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय विष्णु परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा रहेका २ जना घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालक भूपाल विकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।


प्रकाशित : माघ ९, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?