कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिन्धुलीमा बुस्टर डोज लगाउन सुरु

सिन्धुली — सिन्धुलीमा कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउन सुरु गरिएको छ । नौ वटा स्थानीय तहमध्ये आठ वटामा शुक्रबारदेखि पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिन्धुलीमा बुस्टर डोज लगाउन सुरु

सदरमुकामको कमलामाई नगरपालिकामा भने बिहीबारदेखि नै उक्त खोप लगाउन सुरु भएको हो। कोभिसील्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेका अग्रपंक्तिमा खटिनेलाई तेस्रो मात्रा (बुस्टर डोज) खोप लगाउन सुरु गरिएको कार्यालयका सूचना अधिकारी सूर्य घिमिरेले जानकारी दिए ।

स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार लगायतलाई तोकिएको खोप केन्द्रबाट तेस्रो मात्रा बुस्टर डोज खोप सबै पालिकामा दुई दिन लगाइने छ । सिन्धुलीमा ९ वटै स्थानीय तहमा गरी कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख १२ हजार २१३ पुगेको छ । खोपको पहिलो मात्रा भने एक लाख ४४ हजार २०४ जनाले लगाएका छन् ।

जिल्लामा दोस्रो मात्रा नलगाउने ३० हजारभन्दा बढी रहेका छन् । कार्यालयको कोभिड–१९ जनस्वास्थ्य अधिकृत कृतिषा थिङका अनुसार अहिले संक्रमित २६२ मध्ये ९ जना कोभिड अस्पतालमा र बाँकी सबै बिरामी होमआइसोलेसनमा बसेर उपचार गरिरहेको बताइएको छ । कोरोनाको संक्रमण दर बढ्दै गएपछि सिन्धुली अस्पतालको मूल गेटमै १८ वर्ष उमेर समूहमाथिका नागरिकलाई नियमित रुपमा कोरोना बिरुद्धको खोप लगाउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ७, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?