कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौँ — प्रहरीले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले ४३ वर्षीय जितेन्द्रबहादुर रिजाललाई काठमाडौंको सुन्ताखानबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

दोलखा घर भई हाल काठमडौंस्थित गोकर्णेश्वर नगरपालिका-३ बस्ने रिजाललाई २०७६ सालमा उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम २ दिन कैद र १२ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रकाशित : माघ ७, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?