१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मकवानपुरमा सक्रिय संक्रमितको संख्या हजार नाघ्यो

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । बुधबार जिल्लामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा सक्रिय संक्रमितको संख्या हजार नाघ्यो

योसँगै मकवानपुरमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अब सक्रिय संक्रमितको संख्या १ हजार ९० पुगेको छ ।

कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा १ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ सय ४५ जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या बढे पनि संस्थागत आइसोलेसनमा बस्नेको संख्या ज्याँदै न्यून रहेको छ । अधिकांश संक्रमित घरमै बसिरहेका छन् ।


प्रकाशित : माघ ५, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?