दोलखामा तीन दिनयता ३० घर चोरी

केदार शिवाकोटी

दोलखा — जिल्लाको विगु गाउँपालिका र भीमेश्वर नगरपालिकामा तीन दिनयता ३० घरमा चोरी भएको छ । माघ १ गते विगु गाउँपालिका-६ आलम्पुमा एकै साँझ २१ घरमा चोरी भएको थियो ।

दोलखामा तीन दिनयता ३० घर चोरी

यस्तै सोमबार राति भीमेश्वर नगरपालिका वडा नं. ७, ८ र ९ का १३ घरमा चोरी भएको छ । सिमान्तकृत थामी बस्ती रहेको आलम्पुमा थामी समुदाय जात्रा मनाउन साङ्बा झरेको मौका छोपी २१ घरमा चोरी भएको स्थानीय कृष्णा थामीले बताइन् ।

यी घरहरूबाट १० लाखभन्दा बढीको धनमाल चोरी भएको उनले बताइन् । ‘धेरै घरपरिवार जात्रा मनाउन साङ्बा झरेका थिए, कतिपय गोठ पनि गएका थिए,’ उनले भनिन्, ‘यहि मौकामा धेरैको घर फोडेर चोरी भएको छ ।’

विगुको दुर्गम गाउँ आलम्पु भएकाले चिलंखाको लोटिङमा रहेको प्रहरीलाई खबर गरेको उनले बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाका अनुसार सोमबार राति भीमेश्वर नगरपालिका-७, ८ र ९ सेराबेसी, घट्टेखोला आसपासमा ९ घरमा चोरी भएको र ४ घरमा ताल्चा फुटाइएको छ ।

यी घरबाट धनमाल चोरी भएको लगत संकलन भइरहेको प्रहरीले जनाएको छ । आलम्पु र भीमेश्वरमा चोरी गर्ने समूह नै रहेको प्रहरीको अनुमान छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?