कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दोलखाको शैलुङ गाउँपालिकाका १७ कर्मचारीमा कोरोना संक्रमण

केदार शिवाकोटी

दोलखा — दोलखाको शैलुङ गाउँपालिका-३ का वडाध्यक्षसहित १७ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ६ जना कर्मचारीमा कोरोना देखिएकोमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखाको शैलुङ गाउँपालिकाका १७ कर्मचारीमा कोरोना संक्रमण

कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले दिइरहेको सेवा प्रभावित बनेको गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।

कोरोना संक्रमित सबैलाई होम आइसोलेसन र पालिकाको आइसोलेसनमा राखिएको उनले बताए । ‘आधाभन्दा बढी कर्मचारीमा कोरोना देखियो । सबैलाई आइसोलेसनमा राखेका छौं,’ उनले भने, ‘अधिकांश कर्मचारीमा संक्रमण देखिकाले सेवा प्रभावित बनेको छ ।’

पालिकाको कार्यालय भने सील नगरी भएका कर्मचारीबाट कामकाज भइरहेको उनले बताए । कर्मचारीमा कोरोना देखिएपछि पालिकामा सेवा लिन आउने न्युन रहेको उनको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?