२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोरोना संक्रमण बढेपछि गोकुलगंगा गाउँपालिका बन्द

रामेछाप — कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले ५ दिनका लागि गाउँपालिका कार्यालय बन्द गरेको छ ।

कोरोना संक्रमण बढेपछि गोकुलगंगा गाउँपालिका बन्द

सोमबार पालिकाकी उपप्रमुख राधिका नेवारले सूचना प्रकाशित गरी माघ ३ गते देखि ७ गतेसम्म गाउँपालिकाबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएकी छन् ।

पालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीसमेतलाई कोरोना संक्रमण बढेको नेवारले सूचनामा उल्लेख गरेकी छन् । रामेछापमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि गोकुलगंगा गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

नेकपा एमालेको जिल्ला अधिवेशनबाट फर्किएका अधिकांश प्रतिनिधिहरू रुघा, खोकी र ज्वरोको संक्रमणबाट ग्रस्त भएपछि जिल्लामा कोभिड १९ को परीक्षण पनि तीव्र पारिएको छ ।

परिक्षण गराएका अधिकांश व्यक्तिहरूको रिपोर्ट पोजिटिभ देखिएको छ । जिल्लामा सक्रिय कोरोना पोजिटिभको संख्या ८८ रहेको छ ।

प्रकाशित : माघ ३, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?