थाहामा आलु–काउली स्तम्भ

हेटौंडा — तरकारी खेतीका लागि ख्याति कमाएको थाहा नगरपालिकामा आलु र काउलीको स्तम्भ निर्माण गरिएको छ । थाहा–४ स्थित नयाँगाउँमा त्रिभुवन राजपथछेउमा स्तम्भ निर्माण गरिएको छ ।

थाहामा आलु–काउली स्तम्भ

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा ७० किलोको कृत्रिम काउली र ३५/३५ किलोका दुईवटा कृत्रिम रातो आलुको स्तम्भ बनाइएको हो । स्तम्भमा राखिएका आलु–काउली इटहरीका कालीगढले तयार पारेका निर्माण समितिका अध्यक्ष विनोद केसीले बताए ।

‘करिब ६ लाखमा बनाउन लगाएर आलु र काउली ल्याइएको हो,’ उनले भने । थाहा भ्रमण गर्ने पर्यटकलाई नगरपालिकाको मुख्य पेसागत पहिचानबारे जानकारी दिन र पर्यटन प्रवर्द्धन गर्न आलु–काउली स्तम्भ बनाइएको नगर प्रमुख लवशेर विष्टले बताए । थाहा नगरबाट बर्सेनि करिब ५० करोडको आलु र १२ करोडको काउली बिक्री हुने गरेको थाहा नगरका कृषि शाखाका प्रमुख सञ्जय तिवारी जनाए । स्तम्भ तयार भएसँगै त्रिभुवन राजपथ भएर आउजाउ गर्ने यात्रुले गाडी रोकेर स्तम्भ अवलोकन गर्ने र सेल्फी खिच्ने गरेका स्थानीय व्यापारी राजकुमार पन्तले बताए ।

प्रकाशित : माघ २, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?