कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेपाङ समुदायमा खोप दर बढाइने

हेटौंडा — चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् ।

चेपाङ समुदायमा खोप दर बढाइने

उनले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि आग्रह गरेका छन् । कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकाले खोपबारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवालगायतले अभियानको महत्त्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

६२ जनामा कोरोना

मकवानपुरमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार स्वाब लिइएकामध्ये ६६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार ९४ जनाको स्वाब परीक्षण गर्दा ६२ जनामा पोजिटिभ देखिएको हो । कोरोना संक्रमण भएकामध्ये ४ जना संस्थागत आइसोलेसन र ३६० जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित : माघ २, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?