कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जोखिम मोल्दै पनौतीमा मकर मेला

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म लाग्ने यो मेला १२ वर्षमा एक पटक मनाइन्छ

काभ्रे — प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला शनिबारबाट सुरु भएको छ । मेला भर्न आएका दर्शनार्थीले बिहानैदेखि त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गरेका छन् ।

जोखिम मोल्दै पनौतीमा मकर मेला

सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो ।

कोरोना संक्रमण जोखिमका बाबजुद भक्तजन मेला भर्न पनौती आएका छन् । विगतभन्दा कम सहभागिता भए पनि भीड नियन्त्रण भने भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी एक स्थानमा २५ जनाले स्नान गर्ने भनिए पनि सयौंको संख्यामा दर्शनार्थी सहभागी भएर भीड भएको छ । अधिकांशले मास्कसमेत प्रयोग गरेका छैनन् । स्वयंसेवक परिचालन गरेर बिनामास्क आउने र दूरी कायम नगर्नेलाई सम्झाइएको मूल व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै मेलाका रूपमा सञ्चालन नगर्ने निर्णय जिल्ला कोभिड संकट व्यवस्थापन समिति र पनौती नगरपालिकाले गरेका थिए । दुवै संस्थाले जारी गरेको सूचनामा २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भनिएको हो । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि २५ जनाभन्दा बढी भेला भएर कार्यक्रम गर्न सरकारले रोक लगाएको आधारमा मेला, मनोरन्जनात्मक कार्यक्रम भने रोक लगाएको नगरपालिकाले जनाएको छ । मकर मेलाका अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने गरेको छ । पद्मावती, लीलावती र रद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे सम्पूर्ण पाप मोक्ष हुने विश्वास रहँदै आएको छ ।

प्रकाशित : माघ २, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?