नुवाकोटमा दन्त चिकित्सक मृत फेला

कृष्ण थापा

नुवाकोट — नुवाकोटको सदरमुकाम विदुरस्थित सञ्जीवनी पोलीक्लिनिक एन्ड हस्पिटलमा कार्यरत एक दन्त चिकित्सक मृत भेटिएका छन् ।

विदुर नगरपालिका-१ ढुंगेका स्थानीय २६ वर्षीय शशांक पाण्डे मृत फेला परेका हुन् । उनी घरनजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको मृत्युको कारण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ । पाण्डेको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : पुस २९, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?