मरिणको महोत्सव रोकियो

सिन्धुली — २५ जनाभन्दा बढी भेला जम्मा नहुन सिन्धुली प्रशासनले उर्दी जारी गरेसँगै मरिण गाउँपालिकामा जारी तेस्रो मरिण महोत्सव बुधबारबाट रोकिएको छ । 

मरिणको महोत्सव रोकियो

कोरोनाको तेस्रो भेरिएन्ट र ओमिक्रोन फैलन सक्ने भन्दै प्रशासनबाट भेला जम्मा नहुन आदेश गरिएको छ । पाँच दिन अघिबाट मरिण गाउँपालिकाको वडा नं ४ सहानमा कृषि व्यवसायको प्रवर्द्धन र समृद्ध मरिणको नारा दिएर माघ ३ गतेसम्मका लागि महोत्सव जारी थियो ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलने भयले गर्दा महोत्सव रोकिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए । महोत्सवका लागि गाउँपालिकाले २५ लाख लगानी गरेको थियो । महोत्सव रोकिएसँगै २० लाख बढी घाटा आयोजकलाई भएको उद्योग वाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बम्जनले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?