३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मकवानपुरमा साढे २० किलो लागूऔषधसहित तीन पक्राउ

प्रताप विष्ट

हेटौंडा — लागूऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट बुधबार २० किलो ५ सय ग्राम चरेस र १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरिएको हो । 

मकवानपुरमा साढे २० किलो लागूऔषधसहित तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रहरी जयश्वर रिमालले बताए । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तबहादुर थिङ, २७ वर्षीय ललितबहादुर थिङ र चितवन राप्ती नगरपालिका—११ भण्डारा का २८ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडी रोकेर प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको थियो ।

प्रकाशित : पुस २८, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?