२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पनौतीको १२ वर्षे मकर मेला स्थगित

काभ्रे — प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला स्थगित गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिएको छ ।

पनौतीको १२ वर्षे मकर मेला स्थगित

माघ १ देखि लाग्ने मेलामा देश, विदेशबाट १ लाखभन्दा बढी भक्तजन दर्शनका लागि आउने अनुमान थियो । भारतबाट जोगी तथा बाबाहरू मेला भर्न आइसकेका छन् । तर कोरोना संक्रमणको जोखिम भन्दै मेलाका रूपमा सञ्चालन नगर्ने निर्णय गरिएको समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो । पद्मावती, लीलावती र रद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे सम्पूर्ण पाप मोक्ष हुने जनविश्वास छ ।

प्रकाशित : पुस २८, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?