वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — धादिङका श्याम श्रेष्ठ वाग्मती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन् । सोमबार उच्च अदालत पाटन इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा(२) बमोजिम मुख्यन्यायाधिवक्ता नियुक्त गरे ।

त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराए ।

प्रकाशित : पुस २६, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तह प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिविहीन बनाएर स्थानीय तह कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र भइरहेको बताएका छन् । संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले कानुनअनुसार फागुनमा चुनाव हुनुपर्नेमा सरकारले कुनै तयारी नगरेको बताएका हुन् ।

'चरणबद्ध स्थानीय तहको चुनाव हुँदा पनि पहिलो चरणको चुनावलाई समय मानेर त्यसभन्दा दुई महिना अघि चुनाव हुनुपर्ने हो । फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने थियो तर फागुनमा चुनाव गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटामारमा लागेको छ । चुनावतिर होइन,' उनले भने, 'स्थानीय तहलाई जनप्रतिनिधिविहीन नबाउने र कर्मचारीमार्फत चलाउने त्यो षड्यन्त्र गर्दैछ जुन २०५९ सालमा पनि गरेको थियो । २०५९ सालमा चुनाव गराइएन जन प्रतिनिधिको म्याद थपिएन र कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए ।'

उनले एमालेमा सरकार नहुँदा स्थानीय तहको चुनाव गर्नका लागि २ दशक लागेको बताए ।

२०७४ साल वैशाख मसान्तका दिन स्थानीय तहको चुनाव भएको थियो । त्यसबेला तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो ।

प्रकाशित : पुस २६, २०७८ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×